काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयसँगै सरकारको चौतर्फी विरोध सुरु भएको छ । मंगलबार काठमाडौंसहित देशका प्रमुख सहरहरूमा सरकारको सो निर्णयको विरोध गर्दै कुलमानको पक्षमा नारा जुलुश भएको छ । ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । सरकारले सो निर्णय मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा घिसिङ हटाइएको जानकारी गराएका हुन् ।
घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै सर्वसाधारणदेखि राजनीतिक दलका नेता कार्यकर्तासमेत सडकमा उत्रिन थालेका छन् । बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा समेत यस’दयगतमा प्रतिपक्षी दलहरूले कडा विरोध गर्ने कार्यक्रम रहेको छ । बुधबार बिहान प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको कार्यालयमा बसेर थप रणनीति तय गर्ने भएको छ ।
सर्वसाधारणसहित राजनीतिक दलहरूले सडकमा प्रदर्शन गर्दै सरकारको विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्कादेखि सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत विरोध गरिरहेका छन् । उता, प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठकमा कडा रूपमा यस’दयगतमा प्रस्तुत हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनाएका छन् ।
विभिन्न विद्यार्थी संगठन, विभिन्न दलका जनवर्गीय संगठनले पनि आन्दोलन चर्काउने चेतावनी दिइरहेका छन् । नेकपा ९एकीकृत समाजवादी० निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार बिहानै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काको पुत्ला दहन गरेको छ । माओवादी केन्द्रका भ्रातृ संगठनले समेत सरकारको सो निर्णयको विरोधमा प्रदर्शन गरेका छन् ।
सरकारले घिसिङलाई हटाएर सो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङको कार्यकाल आगामी साउनमा सकिँदै थियो । कार्यकाल सकिन ४ महिना बाँकी रहेको र जनतामा चरम निराशा छाएको अवस्थामा कुशल प्रशासकका रूपमा कहलिएका घिसिङलाई हटाउनु सरकारका लागि प्रत्युत्पादक बन्ने खतरा बढिरहेको छ ।
Add Comment