राजनीतिक अस्थिरता बढ्दै गएको प्रधानमन्त्री ओलीको भनाई

k|wfgdGqL cf]nL k|wfgdGqL s]kL zdf{ cf]nL z'qmaf/ &! cf}F /fli6«o k|hftGq lbj;sf cj;/df 6'Fl8v]ndf cfof]lht ;df/f]xdf . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा राजनीतिक अस्थिरता बढ्दै गएकाले संघर्षबाट प्राप्त उपलब्धिलाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छ । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

समारोहमा प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्री तथा प्रजातन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सरकार प्रतिवद्ध रहेको बताए । यसका लागि सुशासनको पालना सहित सरकार अघि बढेको उनको भनाइ थियो ।

शुक्रबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो । दिवसका अवसरमा नेपाल सरकारले काठमाडौं महानगरपालिकाको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना ग¥यो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिष, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री सहित सुरक्षा निकायका प्रमुख, कर्मचारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा छात्रछात्रा, खेलाडी तथा सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ लेखिएको व्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका मातहतको नगर प्रहरीको टोलीले मार्च पास गरेका थिए । एक सय चार वर्षे जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासनको अन्त्य भएसँगै नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । यसै सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्र्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए ।