काठमाडौँ । नेपाली भाषी तथा नेपालीमूलका इन्डियन आइडल सिजन ३ का विजेता एवं गायक प्रशान्त तामाङको निधन भएको छ । उनको दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको बताइएको छ । सन् २००७ मा भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा सहभागी भएपश्चात तामाङ संसारभरका नेपालीभाषी समुदायमाझ परिचित भएका थिए । ‘रियालिटी शो’ मा सहभागी पहिलो भारतीय प्रहरी समेत रहनु भएका गायक तामाङले त्यसपश्चात् दर्जनौँ नेपाली गीतहरूमा समेत स्वरांकन गरेका थिए भने थुप्रै गीत नेपाली श्रोतामाझ चर्चित पनि रहेका छन् ।
उनले नेपाली सिनेमा गोर्खापल्टन, परदेशी, निशानी लगायतमा समेत मुख्य अभिनय गर्नुभएको थियो भने भारतीय अभिनेता सलमान खानको ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु समेत गरेका थिए। उनको निधनमा नेपालका चर्चित गायक गायिका लगायत थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समवेदना प्रकट गरेका छन् ।


Add Comment