पाकिस्तानको बलुचिस्तानमा विस्फोटमा परी ५ जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् ।

सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् ।

त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् ।

उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो ।

सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो ।

उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् ।