हामीसँग मुलुक बनाउने खाका छः विप्लव समूहका एक नेता

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने अभिमत राखेका छन् ।

उनले यो आफ्नो पार्टीको मुख्य मुद्दा रहेको समेत बताएका छन् ।

जनताको मत लिने गरौं । हरेक विषयमा जनतमसंग्रह गरौं भन्ने आफ्नो पार्टीिको मुलमन्त्र रहेको पनि बाँँस्तोलाले बताए ।

यसले जनतालाई परिचालित गर्ने उनको मत छ ।

मुलुकमा पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक रहेको उनको ठम्याई छ ।

हामीसँग मुलुक बनाउने खाका छ , हामी सरकारसँग छलफल गर्नेछौं बाँस्तोलाले तर्क राखे ।