१९ खर्ब डलरको कोरोना राहत प्याकेज अमेरिकी संसदबाट पारित

एजेन्सी । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई सर्वसम्मत पारित गरेको छ ।

शुक्रबार र शनिबार भएको मतदानबाट सिनेटले उक्त प्याकेजलाई पारित गरेको हो ।

प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । सिनेटरहरूले पार्टीको लाइनका आधारमा मत हालेका थिए । डेमोक्र्याटिक पार्टीका ५० सिनेटरले पक्षमा भोट हाले भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मत हालेको थिए ।

१ जना रिपब्लिकन सिनेटर अनुपस्थित थिए । मत बराबर भएमा अमेरिकामा उपराष्ट्रपतिले निर्णायक मत हाल्न पाउने व्यवस्था छ ।

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक सिनेटबाट आफ्नो प्रस्ताव पारित गराएका छन् ।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने छ ।