वर्णभेदी सञ्चारमाध्यमका कारण देश छाडेको हुँः बेलायती राजकुमार ह्यारी

बेलायती राजकुमार ह्यारी (द ड्युक अफ ससेक्स) ले ट्याबलोइड प्रेसबाट प्रस्तुत रंगभेद आफूहरु (श्रीमती मेगनसहित) ले बेलायत छोड्नुको प्रमुख कारण रहेको बताएका छन् ।

अमेरिकी टेलिभिजनकर्मी ओप्रा विनफ्रीसँगको अन्तर्वार्तामा राजकुमारी ह्यारीले दुराग्रही रहेको र उनीहरुले ‘नियन्त्रण र डर’ को विषाक्त वातावारण सिर्जना गरेको बताएका हुन् ।

आफ्ना पिता (प्रिन्स अफ वेल्स) ले मिडियासँग सम्बन्ध शान्तिपूर्ण सम्बन्ध कायम गर्नु पर्ने सोच्ने गरेको पनि ह्यारीले बताएका छन् ।

सम्पादकहरुको समूहले सञ्चारमाध्यम दुराग्रही नभइ धनी तथा शक्तिशालीहरुलाई जिम्मेवार बनाउन लागि परेको प्रतिक्रिया दिएका छन् ।

असत्य खबर प्रकाशित हुँदा पनि राजपरिवार आफू र पति (ह्यारी) को सुरक्षामा उत्रिनबाट चुकेको मेगनले बताएकी छन् ।

ओप्रासँगको अन्तर्वार्तामा मेगनले आफ्नो मानसिक स्वास्थ्य, रंगभेद तथा राजपरिवारका विभिन्न पक्षबारे खुलासा गरेकी छन् । यस्तै ह्यारीले पनि आफ्नो सम्बन्धहरुबारे खुलाएका छन् ।