जनकपुरबाट राजश्व कार्यालयका अधिकृत र एक विचौलिया अख्तियारको फन्दामा

काठमाडौं । जनकपुरबाट राजश्व कार्यालयका अधिकृत र एक विचौलिया डेढ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्। आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल र विचौलिया नविन कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको हो।

आयोगको बर्दिबासबाट खटेको टोलिले जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटलबाट दुवैजनालाई सेवाग्राहीसँग लिएको १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । अख्तियारको टोलीले दुवैजनालाई नियन्त्रणमा लिइ होटलमै मुचुल्का गरिरहेको टोलिमा सहभागी अधिकारीले बताएका छन् ।