प्रधानमन्त्री भन्छन् एक वर्षमा निकै प्रगति भएको छ

?????????????????

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत एकवर्षमा स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको बताएका छन् । आज देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् र महामारीका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्नेमा वर्तमान सरकार संवेदनशील रहेको बताएका छन् ।

सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रणका लागि सरकारले चालेका कदमहरु, नियन्त्रणमा प्राप्त सफलता र प्रयासहरुको फेहरिस्ता सुनाएका थिए ।

उनले एक वर्षमा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिबारे जानकारी समेत दिए । देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको छ, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पीसीआर परीक्षण ल्याव संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ ।

सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पुर्‍याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैय्याका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको उनको दावी छ ।

अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेको छ । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।

मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफै आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।

महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईँलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले नेपाल सरकारका एकरएक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।