नेकपा फुटेपछि माओवादीका दुई प्रदेश प्रमुखको पद चट्, एमालेका पौडेल र यादव प्रदेश प्रमुख

काठमाडौं । नेकपा पार्टी फुटेपछि तात्कालिन माओवादीको भागमा परेको दुई प्रदेशका प्रमुखहरुको पद चट् भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी तर्फबाट गण्डकी प्रदेशको प्रमुख बनेका अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेका छन् । सोमबार बसेको वैठक मन्त्रीपरिषद्को वैठकले यी दुई प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो ।

दलगत स्वार्थका कारण अहिले ओलीले दुई प्रदेश प्रमुखलाई हटाएर गण्डकी प्रदेशमा सीता पौडेल र सुदुरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियु्िक्र गरेका छन् ।

तिलयस अघि माओवादी निकट नै रहेका प्रदेश नं २ प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर पत्रकार राजेश अहिराजलाई प्रदेश प्रमुखका रुपमा नियुक्ति गरेका थिए ।