प्रधानमन्त्री नेताका दैलाेमा भिख माग्दै, कालाेबजारी सर्वसाधारण ठग्दै

काठमाडाैं । दैनिक उपभाेग्य खाद्यान्नकाे सामान सर्वसाधारणकाे लागि अति महत्वपूर्ण रहन्छ । खाद्यान्नकै व्यापारमा कालाेबजारी हुन्छ भने त्याे देशमा सुशासन नभएकाे बुझिन्छ । यसले सर्वसाधारण लुटिने क्रम राेकिन्न र सरकारले लिएकाे नीति पनि कमजाेर साबित हुन्छ । सरकार भने खाद्यान्नकाे कालेबजारी भए पनि सत्ता बचाउने खेलमा लागेकाे छ । प्रधामन्त्री विभिन्न दलका नेताका दैलाेमा सत्ता बचाउन कुदिरहन्छन् । यसैबीच व्यापारीहरू महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारीमा रमाएका छन् । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो । यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ ।

दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ । राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय ‘अत्यावश्यक वस्तु’मा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् । ‘दैनिक उपभोग्य देखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले राजधानीसँग भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडी लगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।’ याे समाचार राजधानी दैनिकमा छ