फेसबुकमा सर्वसाधारणकाे राजनीतिप्रति वितृष्णा

फेसबुकमा नेपाली राजनीतिप्रति सर्वसाधारणकाे  वितृष्णा देखिन थालेकाे छ । सर्वसाधारणहरू सरकार र राजनैतिक पार्टीलाई जिम्मेदार बन्न भनिरहेका छन् । तर, राजनीतिक पार्टीहरू भने कानमा तेल हालेर बसेका छन् । हाम्रा ईकालाेपाटी संवाददाताले फेसबुकमा देखिएका कमेन्टहरूलाई समाचारकाे रूप दिएका छन् हेराैं के के भन्छन् सर्वसाधारण…

अर्याल मदन राजनीतिक पार्टी र सरकारसँग यसाे भन्छन् ।

उसलाई लाग्दो हो !
मैले जति खोकेपनि,
सबै जनताले नजिकैबाट सुन्छन्,
रमाइलो मान्छन् ,
तर,
उसलाई के थाहा ?
जनताले चिसोको खोकी हो कि कोरोनाको
खोकी हो? छुट्ट्याउने भै’सके!
उसलाई कसैले भनिदेओस्
धेरै नखोक,
जनता उपचार नपाएर हताहत भैराछन् !
राजनीति पछि गर्लास्
अहिले जनताको स्वास्थ्यमा ध्यान दे !
कमिसन पछि खालास्!
अहिले खोप किनेर ल्याईज !
राष्ट्रपतिकोमा राजनीति गफ गर्न पछि जालास् !
अहिले स्वास्थ्यका फाइल सही गराउन जा !
गिरी कविराज ओली समर्थक नेताहारूकाे आजकाे हविगतलाई  यसरी व्याख्या गर्छन्
आज ओली समर्थक नेताको स्थिति
ओलीको प्रेशर १६० क्रस,
 ईश्वर पोखरेललाई उच्च ज़ोरों,
भानुभक्त ढ़काल,वोमिटिंङ लगातार
गोकुल बास्केटा आतीने तर्सिने छिनछिनमा
बिस्णू पौड़ेल, सूबास नेमवांङ सूर्य थापा टोलाइरहने नबोल्ने
बिस्णू रीमाल प्रेशर लो
महेश बस्नेत चक्कर लाग्ने बान्ता हुने
के रीऐक्शन भो आज नेपाली राजनीतिको बिचरा !
अर्जुन प्रसाद बजगाईं यसरी बहकिन्छन् ।
आफ्नै सुबिधाहरु कुन देशबाट खाइरहेका छन् यिनीहरुले के जनतालाई ढाकछोप गर्ने ?यथार्थवादी बन्न सिक आदरणीय नेता हरू बिनम्रतापूर्वक अनुरोध गर्दछौं नत्र जनताले हिम्मत गर्न तयार भएको हुनु पर्दछ कि हिसाब चुक्ता गर्न चेतना भया । जयश्रीमननारायण ।

श्रेष्ठ काले अनमाेल फेसबुकमा राजनीतिकाे लाचारपनलाई यसरी व्याख्या गर्छन्

भारतिय राजदुतावासमा ओलि, महन्थ, राजेन्द्र महतो र सेर बहादुर बिच ओलिलाई नै निरंतरता दिने सहमतिमा अहिले परिवर्तन आएको छ । महन्थ र राजेन्द्र बिच फाटो, सेर बहादुर माथि पार्टीको निरन्तर दवाबले भारतको रणनीति फेल खाएको हो । ओली सरकार ढल्न लाग्दा भारतीय रअ प्रमुखको आगमन काठमाडौंमा भएको छ, यसले नेपाली राजनीतिमा कस्तो असर पार्छ हेर्न बाँकी छ ।