नामै थाहा नभएको साथीको हत्या

सुनसरी । प्रहरीद्वारा सुनसरीको वराह नगरापलिका–४ घर भएका प्रकाश तामाङलाई साथीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको जनाएकाे छ ।

प्रहरी अनुसन्धानबाट खुल्न  आए अनुसार उनले वैशाख २२ मा रातको सयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा साथीकाे हत्या गरेका थिए  ।

हालसम्म मृतकको सनाखत भने भएकाे छैन । उनकाे नाम ठेगाना पनि नखुलेको प्रहरीले जनाएकाे छ ।  सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको अभियाेगीले प्रहरीलाई बताएका छन् । करिब ३० वर्षका मृतकको टाउकोमा चोट लागेको छ । विवाद हुँदा टाउकोमा हिर्काएर साथीको हत्या गरेको आरोपीले स्वीकारेको इलाका प्रहरी कार्यालयले बताएकाे छ ।