‘विवाह, ब्रतबन्ध र भोजमा बढीमा दश जना मात्र उपस्थित हुनू’

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको अवधि बढाएको हो ।

बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ । बैठकले लकडाउन कडा गर्न पनि निर्देशन दिएकाे छ ।