जेठ २ गतेबाट भोरसेल खोप लगाइने

काठमाडौं। स्वास्थ्य कार्यालय काठमाडौंले जेठ २ गतेदेखि कोभिड १९ विरुद्धद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने तालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार यही जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोप लगाउने तालिका सूची सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालयले आज एक सूचना जारी गरी काठमाडौं महानगर सहित ९ वटा पालिकाहरुमा खोप केन्द्र तोकेको छ ।

पछिल्लो समय  नेपालमा कोरोना बाट मृत्यु हुने सङ्ख्या दिनानुदिन बढ्दै गएको  छ । यसको मध्यनजर गर्दै खोपको विकल्पमा मन्त्रालय लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।