उपत्यकाका सबै सरकारी अस्पताल, अब कोरोना अस्पताल

काठाडाैं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण आर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पताल बनाउन निर्णय भएको बताए।

सरकारले पाटन अस्पताल, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतका सबै सरकारी अस्पतालाई कोभिड संक्रमितको उपचारमा प्रयोग गरिने उनले बताए। मंगलबार मात्र कोरोना संक्रमणका कारण २२५ जनाले ज्यान गुमाएका छन् भने ९ हजार ४८३ नयाँ संक्रमित थपिएका छन्।