काेराेना त छँदै छ, फाैजी किराले पनि लखेटिरहेकाे छ म्याग्दीका किसानलाई

म्याग्दी । म्याग्दीकाे किसान अहिले फाैजी किराकाे चपेटामा परेका छन् ।हालै नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले  पनि म्याग्दी थला परेकाे छ । यही बेला  खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट पारेपछि   म्याग्दीका किसान मारमा परेका छन् ।

 

म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् । जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् ।

 

यसअघि गहुँबालीमा समेत किरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसानहरु मकैवाली पनि किराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् । ज्यामरुककोटका अर्का कृषकहरू  यस वर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताउँछन् ।