मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वान गर्न सक्ने

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठक नियमित बैठक भएको भनिए पनि बजेटबारे छलफल गर्न लागिएकाे हुनसक्ने आकलन छ  ।  सरकारले आजैको बैठकबाट संसद्को बजेट अधिवेशन आह्वान गर्न सक्ने विज्ञहरू बताउँछन्  ।

संविधानमा १५ जेठमा आर्थिक वर्षको बजेट संसद्मा पेस गर्नुपर्ने प्रावधान रहेकाले १२ दिनअघिको आजको बैठकले यसबारे निर्णय गर्ने अपेक्षा गर्न सकिन्छ । यसअघि आइतबार पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्री केपी ओलीले संसद जीवित रहेकाले बजेट ल्याउनका लागि अध्यादेश आवश्यक नपर्ने संकेत गरेका थिए ।