काठमाडाैं ।भरतमा संक्रमितको संख्या घट्दै गएको छ । । आज मंगलबार संक्रमितकाे संख्या घट्न आएपछि यस्ताो बुझिएकाे हो । गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ । जबकी सोमबार २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका थिए । यसले संक्रमण घटिरहेको तथ्य उजागर गर्दछ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको पनि जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक मान्ने हाे भने विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका छन् । यसले अघिल्लो अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको तथ्य उजागर गर्दछ ।
Add Comment