काठमाडौं । मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी रहेको राष्ट्रपति रामचन्द्र पौडेले बताएका छन् । पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित गणेशमान सिंह ११० औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संशोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभयो गरेका हुन्।
सत्ताका आसेपासे बाहेकका नागरिकहरुले राज्यबाट पाउने अवसरबाट वञ्चित भएको भ्रष्टाचार बढ्दै गएकाले नागरिकहरुमा निरासा छाएको र गरिब र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनिन थालेकाले सुशासन र विकास त्यसको आधार बनाउनु पर्ने पौडेलको भनाई थियो । भ्रष्टाचार अन्त्य गर्ने कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।
तर सत्ता साझेदार दल कांग्रेस एमाले नै भ्रष्टाचारमा चुर्लूम्म डुविरहेका बेला राष्ट्रपति पौडेलले भने जस्तै गरी नागरिकलाई भ्रष्टाचार मुक्त राष्ट्रको अनुभूति युवा पुस्तालाई कसले गरान सक्ला ? एमालेले मिनबहादुरहरु, कांग्रेस विनोद चौधरीहरु अनि घरभित्रकै भ्रष्टहरुलाई पार्टी तथा निर्णायक तहमा राखिरहेसम्म यसको भ्रष्टाचार र सुशासनको कुरा कुरामा मात्र सिमित देखिन्छ । त्यही भएर पनि होला संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुकेका छन् ।
राष्ट्रपति पौडेलले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसङ्गति बेहोर्नुपर्ने थिएन भन्दै तथापि बिपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताए । बिपीले गणेशमानका बारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै उहाँले गणेशमानजी साहसी वीर र सङ्घर्षशीलका साथै भविष्य द्रष्टा पनि भएको बताए । राजनीतिज्ञहरुले गणेशमानको मार्ग पहिल्याउन नसकेकोमा उनको चिन्ता समेत थियो
Add Comment