नदी तटीय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन मौसम विज्ञान विभागको अपिल

काठमाडाैं ।काठमाडाैं उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।  अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ । बिहान एक ट्वीट गर्दै विभागले यस्ताे जानकारी दिएकाे हाे । साे ट्वीटमा भनिएकाे छ  ‘ ‘TaukTae’सामुद्रिक आँधीको प्रभावले नेपालको बिशेष गरि पश्चिम भूभागमा हुने बर्षाको कारण सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी प्रदेशका पहाडी भूभाग भई बहने साना नदीमा वहाव वढ्ने,केहीमा सतर्कता तह पुग्न सक्ने,जेठ ७ गतेसम्म नदीतटिय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन अनुरोध छ।’