राष्ट्रिय सभा सदस्यको लागि मतदान चल्दै

हेटौंडा । राष्ट्रिय सभा सदस्यकाे लागि भएकाे उपनिर्वाचनमा मतदान चलिरहेको छ  । ९ बजेबाट हेटौडामा सुरु भएको मतदान आज दिउसो ३ बजेसम्म चल्नेछ । मतदान सकिएपछि बेलुका ५ बजेबाट मतगणना सुरु हुनेछ । मतदान स्थल भुटनीदेवी माविमै मतगणना हुनेछ । मतगणनाको नतिजा भर्चुअल जुम प्रविधिमार्फत गरिनेछ । निर्वाचनमा वागमति प्रदेशका प्रदेशसभा सदस्य र स्थानी तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मात्र मतदाता हुनेछन् । निर्वाचनमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ मतदाता हुन्छन् ।