महिलाको माैलिक हक मानिएको सुरक्षित गर्भपतन लकडाउनमा पनि खुला

 

काठमाडाैं ।  निषेधाज्ञा  भइरहँदा पनि  सुरक्षति गर्भपतन सेवा सञ्चालनमा छ । जसले महिलाहरूले मातृत्व वहन गर्न नचाहेको खण्डमा सुरक्षित गर्भपतन गराउन पाउने भएका हुन् । याे संविधानतः महिलाको माैलिक हक पनि हो ।  सेवाग्राहीले  सूचीकृत स्वास्थ्य संस्थामा आएर सुरक्षित रूपमा गर्भपतन गराउन पाउने अधिकार लकडाउनको समयमा पनि राेकिएकाे छैन । याे सेवा सूचिकृत संस्थाले राम्ररी दिइरहेका छन् ।

प्रजनन स्वास्थ्यको हक नेपालको कानुन अनुसार मौलिक हक हो । प्रजनन स्वास्थ्यको हक संविधानमै सुरक्षित छ ।  यही व्यवस्थाअनुसार सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन २०७५ लागु भइसकेको छ । याे ऐनमा महिलाले गर्भान्तर वा सन्तानको सङ्ख्या निर्धाारण गर्ने अधिकार  पनि छ ।  त्यही संवैधानिक मापदणड अनुसार महिलाहरूले  सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक पाएका हुन् ।