इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भए पनि दुश्मनी समाप्त भएको छैन

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । अहिलेको लागि सहमतिअनुसार सम्झाैता भए पनि अझै एक शताब्दी यिनीहरूबीच मित्रता हुन नसक्ने राजनीतिज्ञहरू बताउँछन् ।   दुई देशबीचको सहमतिअनुसार स्थानीय समय अनुसार शुक्रवार बिहान २ बजे देखि युद्धविराम गर्ने निर्णय भएको बीबीसीले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सुरुवात भएको ११ दिन पछि युद्धविरामको सहमति गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबीचको युद्धविरामप्रति खुशी व्यक्त गरेका छन् । मे १० देखि सुरु भएको दुई देशबीचको द्वन्द्वमा प्यालेस्टाइनको गाजा क्षेत्रमा ६५ बालबालिकासहित कम्तीमा २३२ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १ बच्चासहित १२ जनाको ज्यान गएको छ । सम्झाैता भए पनि इजरायल र प्यालेस्टाइनको दुश्मनी भने समाप्त भएको छैन ।