स्कारपियोले ठक्कर दिँदा दर्जीको  गयो ज्यान

झापा । झापाको कमल गाउँपालिकामा स्कारपियोले ठक्कर दिँदा एक  पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय झापाले जनाए अनुसार दर्जीको  घटना भएको स्थानमा नै ज्यान गएको हो । घटनास्थलबाट  प्रहरीले   ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ ।  घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।