प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

कास्की । लेखनाथ उपमहानगरको तालचोकमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरी विरोध प्रदर्शन भएको छ। नेपाल विद्यार्थी संघ कास्कीले  प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

साे  कार्यक्रममा  नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नम्बर १ का सभापति सागर रानाभाटले  सम्बाेधन गरेका थिए ।

नेपाल विद्यार्थी संघ कास्कीले प्रधानमन्त्री र राष्ट्रपतिले देशको लोकतन्त्र सिध्याउने र देशलाई दुर्घटनातर्फ लैजान खोजिएको आरोप लगाएको छ ।