मालीमा पुन: सैन्य कू

एजेन्सी । पश्चिम अफ्रिकी देश मालीको सेनाले देशका प्रधानमन्त्री बाह एनडअ र राष्ट्रपतिलाई मोक्तार ओएनीलाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारमा त्यहाँका रक्षा मन्त्रीलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । सेनाले राष्ट्रप्रमुखहरूलाई नियन्त्रणमा लिएसँगै देशमा एकै वर्षमा दुई पटक ‘सैन्य कू’ भएको आशंका गरिएको छ ।

सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनापछि मालीमा रहेको संयुक्त राष्ट्रसंघको मिसनले सेनाको कदमको आलोचना गर्दै तुरुन्त नियन्त्रणमा रहेको नेताहरूलाई छाड्न अपिल गरेको थियो । घटनाको राष्ट्रसंघसहित अफ्रिकी संघ, इकोनोमिक कम्युनिटी अफ बेस्ट अफ्रिकन स्टेट्स, युरोपियन युनियन र अमेरिकाले निन्दा गर्दै नेताहरूलाई विनाशर्त छाड्न माग गरेका छन् ।