गाउँ कस्तो देखिन्छ ? ( फोटोफिचर )

नुवाकोट । निषेधाज्ञा सुरु भएपछि सहरबाट गाउँ फर्कनेहरुको लर्को नै लाग्यो । गाउँमा गएपछि युवाहरु विभिन्न खाले कामहरु गरिरहेका छन् । कृषि लगायत कामहरुमा युवाहरुको चासो भएपनि त्यसका लागि हामीकँहा पूर्वाधार तयार छैन । तसर्थ परम्परागत कृषिको विकल्प नै हामीकँहा छैन । अर्कोतर्फ सडक मर्मत गरिएको अवस्था पनि छैन । पानी पर्दा हिलाम्मे सडक र घाम लाग्दा फुङ्ग धुलो उडेको बाटो त नेपालको रोग नै हो । यसलाई सुधार गर्नुको साटो सरकार फेर्ने र झगडामा लिप्त हुने नेपालको राजनीतिको दर्दनाक कहानी छँदै छ । दिनभर चिया पसलमा गफ चुटेर बस्नु नेपाली युवाहरुको दैनिकी नै हो । गाउँघरमा निषेधाज्ञा भए पनि बाहिर निस्कन त्यति अप्ठेरो छैन । गाउँ सय वर्ष अगाडि जस्तो थियो आज पनि उस्तै छ । परम्परागत घरहरु भत्किएर सिमेन्टका घरहरु बनेका छन् तर गाउँमा जसरी सय वर्ष अघि खेतीपाती गरिन्थ्यो पशुपालन गरिन्थ्यो आज पनि उस्तै गरी काम गरिन्छ । प्रविधिको प्रयोग गर्नमा न सरकारको चासो छ न त ग्रामीण भेगका जनताको नै । यसैबीच हाम्रो इकालोपाटी सहयोगी राममणि रिमालले नुवाकोटबाट पठाएको तस्बीरहरुमा हेरौं गाउँ कस्तो देखिन्छ ।