कलाकार मदनकृष्णको सरकारले छिटै सबैलाई कोराेना खोप दिलाइदिन माग

काठमाडाैं । कलाकार मदनकृष्ण श्रेष्ठले सरकारले छिटै सबैलाई कोराेना खोप दिलाइदिन सरकारसँग माग गरेका छन् । उनले एक कृतज्ञता जारी गर्दै नर्स डाक्टर र सुभेक्षुकहरूलाई कृतज्ञता दिँदै यस्ताे माग राखेका हुन् । सरकारले चाहेको खण्डमा सबै नागरिकले छिटै भ्याक्सिन पाउन सक्ने पनि उनले बताएका छन् । उनले आफ्नो कोरोना अनुभव पनि सबैसँग साझा गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले  जित्न भने सकेन। पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठबस गरेर ह्वाँ… ह्वाँ … रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो । अब शरिरमा अलि अलि शिथीलता बाकि छ । त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।’