एकैदिन नेपालमा  १ सय छ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।  बिहीबार एकैदिन नेपालमा  १ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो संख्यासँगै  नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे तथ्यले अघिल्ला दिनहरूमाभन्दा मृतको संख्या घटे पनि मृत्युदर भने उच्च नै रहेको देखाउँछ ।