चार वर्षीया बालिकामाथि बुटवलका गन्धर्वको बलात्कार

रूपन्देही  ।  कञ्चन गाउँपालिकामा चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा  एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलका ५३ वर्षीय हेमलाल गन्धर्वलाई नियन्त्रणमा लिइएको प्रहरीको जिकीर छ । उनीमाथि गाउँका मानिसहरूले  नाबालिकामाथि बलात्कारको अभियोग लगाएका छन् ।

बालिका घरमा एक्लै भएको र उनका बुबाआमा खेतमा काम गर्न गएको अवस्थामा  गन्धर्वले बालिकामाथि जबजस्ती करणी गरेकाे प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । बालिकाको पारिवारिक स्राेतले जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरिएको बताएको छ । बालिकाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको प्रहरीले जानकारी दियाे ।

बालिकाको यौनाङ्गमा चोट पुगेको कारण के हो भनी जान्न खाेज्दा बालिकाले घटनाबारे जानकारी गराएकी उनका अभिभावकले बताएको प्रहरी बताउँछ । गन्धर्वलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी बताउँछ ।