सरकारबारे सर्वोच्चमा मुद्दा बिचारमधीन रहेकाले दूरगामी निर्णय नलिन देउवाको अपिल

काठमाण्डाै ।  नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले काेराेना सङ्क्रमणलाई सत्ता सुरक्षा कवच बनाएको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।

कांग्रेसले ओली नेतृत्वको वर्तमान सरकार  संविधानको मूल मर्म र भावना विपरीत सत्तामा बसेकाे पनि आसिन रहेको आरोप समेत लगाएको छ ।

देउवाले संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णय नलिन, बरू कोरोना रोकथामका लागि समय रहुन्जेल लाग्न समेत भनेका छन् ।

सर्वाेच्चमा सरकारका बारे मुद्दा बिचाराधीन रहेकाले दूरगामी निर्णय लिन हतार नगर्न पनि देउवाको सुझाव छ । देउवाले लेखेका छन् ‘सरकारकै अकर्मण्यता र उदासीनताका कारण कोरोना सङ्क्रमण बढेको हाे । ’