सैनिक मुख्यालयमा गणतन्त्र दिवस मनाउनुको यस्तो छ कारण

काठमाडाैं ।  सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ ।  “हामीले टुँडिखेलमै कार्यक्रम आयोजन गर्ने तयारी गरेका थियौँ तर निरन्तर पानी परेपछि स्थान परिवर्तन गर्नुपरेको हो,” गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन् ।नागरिक दैनिकमा ।