१ सय ६५ केजी गाँजासहित गणेश यादव नियन्त्रणमा

सुनसरी । कोशी गाउँपालिकाको अठ नम्बर वडामा रहेकाे भाण्टाबारीस्थित पूर्व-पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा प्रहरीले एक युवको साथबाट पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेकाे प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार यादवले प्लाष्टिकले बेरेर साे गाँजा बेच्नका लगि तयार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र  सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पौने ३ बजे  साे गाँजा र यादवलाई नियन्त्रणमा लिएकाे हो ।   राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको प्रहरी टोलीले  जानकारी दिएकाे छ । पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ।