‘पूर्वप्रधानन्याधीशहरुले आफ्नो पालामा केही गर्न नसक्ने, अहिले पेन्सन खाँदै अदालतको हुर्मत लिने ?’

?????????????????

काठमााडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीशहरुले आफ्नो पालामा केही गर्न नसकेको र अहिले पेन्सन खाँदै अदालतको हुर्मत लिने काम गरेको आरोप लगाएका छन् । साथै उनले  सर्वोच्च अदालतको  कामकारवाहीलाई प्रभावित पार्ने काम पूर्वन्यायमूर्तिहरुले गरेको समेत आरोप लगाएका छन् ।

ओलीले भनेका छन्, ‘अदालतको कामकारवाहीलाई प्रभावित पार्ने काम न्यायमूर्तिहरुले गर्नुभयो। उहाँहरुले आफ्नो पालामा केही गर्न नसक्ने अहिले पेन्सन खाँदै अदालतको हुर्मत लिने ? उहाँहरुले कस्तो न्याय सम्पादन गर्नुभयो ?  ओलीले पूर्व प्रधानन्याधीशहरूले अदालतलाई प्रभावित हुने गरी वक्तव्य निकालेको भन्दै त्यसप्रति गुनासोसमेत गरे ।  राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतमै पनि केही कालोकोट धारीहरुले अदालत र न्यायमूर्तिहरुको मान–सम्मानमा आँच पुर्याइरहेको आरोप लगाएका छन्। उनले अराजक तत्वको संज्ञा दिंदै भने,‘ हामी कस्तो न्यायिक सिस्टम बनाउदैछौं ?, के वकिलले लेखेर ल्याएको हुवहु न्यायाधीशले पढिदिनु पर्ने परिपाटी बसाउँदैछौं ?