राष्ट्रपति कार्यकारी नभए पनि खोप कदम स्वागतयोग्य

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भन्डारी  नेपालको कार्यकारी नभए पनि खोप कदम स्वागतयोग्य भएको नेपाली जनताले मानेका छन् । सामाजिक सञ्जाल लगायत विभिन्न स्थानमा नेपाली जनताले याे कुरा बताइरहेका छन् ।  गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन संवाद गरेसँगै चिनियाँ समकक्षीले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई दिने प्रतिबद्धता जनाए। कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला कोरोनाविरुद्धको खोप खरिद गर्दा समेत नपाइरहेको अवस्थामा नेपालका समकक्षीसँगको छलफललगत्तै चिनियाँ राष्ट्रपतिले सहयोगस्वरूप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यो विषयले चर्चा पाएको छ।

जनतालाई कोरोना भाइरसबाट बचाउन कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री र सरोकारवाला निकाय परराष्ट्र मन्त्रालयले मित्रराष्ट्र तथा छिमेकी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा आलंंकारिक राष्ट्रपतिले पहल गरेको र त्यसले सकारात्मक नतिजा पनि देखिएको भन्दै यो प्रयासको ज्यादै प्रशंसा भयो।चिनिँया राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा चीन भ्रमणमा गएको बेला खासै वास्ता गरेका थिएनन् । जबकी राष्ट्रपतिको भ्रमण हुँदा भने स्वागतमा कुनै कसर राखेनन् ।

यसले चिनिँया राष्ट्रपतिले नेपाली प्रधानमन्त्रीको कुरा खासै नखाने बुझिएकोले राष्ट्रपति भण्डारी सक्रिय भएको हुन सक्छ । खोप उत्पादक मुलुक अमेरिका, रुस र बेलायतलाई पनि राष्ट्रपतिले खोप सहयोग गर्न आग्रह गर्दै पत्र लेखिसकेकी छन्। राष्ट्रपतिको यो सक्रियतालाई कतिपयले आलंकारिक राष्ट्रपति संविधानले दिएको अधिकारभन्दा बाहिर गएको भन्दै प्रश्नसमेत उठाएका छन्। नागरिक दैनिकबाट । कोरोनाविरुद्धको खोप सहयोग गर्न राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग कुरा गर्नुभन्दा पहिले नै भारतीय समकक्षीलाई पनि पत्र लेखिसकेकी थिइन्।