लागु औषध एवं प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ

काठमाडौं । सरकारले गैरकानुनी मानेको  नियन्त्रित लागु औषध एवं प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ परेका छन् । उनीहरू देशका विभिन्न स्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।  सुनसरी, कोशी गाउँपालिका-३ नहर चोकबाट नियन्त्रित लागूऔषध ५० थान डाइलेक्स डिसी, २ सय ट्याब्लेट नाइट्रोसन र २ सय ८८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन प्लस सहित भारत अररिया बेला बासमतिया बिहार बस्ने २८ वर्षीय मजरुललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा बोकी ल्याउँदै गरेको उक्त लागुऔषधसहित पक्राउ गरेको हो। उनीहरूमाथि कडा निगरानी गरी थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतको दाबी छ ।