सम्झौताभन्दा पनि बढी मन्त्रालय हात पारेका महतो महन्थ खुशीले गदगद

काठमाडाैं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षका सांसद्मध्ये आधाभन्दा बढीले मन्त्री  पदमा बस्ने  साैभाग्य  पाएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् ।  यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् ।

पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए । दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन् । यसअघि, ठाकुर पक्षका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो । प्रधानमन्त्रीसँग गरेको सम्झौताभन्दा पनि बढी मन्त्रालय हात पारेका महतो महन्थ खुशीले गदगद भएका छन् । उनीहरूले ओलीले गरेका मधेसीमाथिको दुर्व्यवहार भुलिसकेको बुझिएको छ ।