देउवाले थाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल थालेका छन् । आगामी महाधिवशेनमा पनि सभापति उठ्ने बताएका देउवाले त्यसैको तयारीस्वरूप निकट नेताहरूसँग छलफल थालेको बुझिएको छ । बिहान १० बजेदेखि बुढानिलकण्ठस्थित निवासमा देउवाले वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

बैठकमा सिटौला निकट मानिने कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई  पनि सहभागी भएका छन् । आजै देउवाले अपराह्न ३ बजे गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि छलफल गर्दैछन् । शनिबार उनले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।