‘राष्ट्रपति भन्दा राजा राम्रो ’

काठमाडाैं । प्रधानमन्त्री केपी सर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताएका छन् । उनले राजनैतिक दलहरूले यसो गरेको भन्दै उनीहरूको आलोचनासमेत गरेका छन् । गणतन्त्रप्रतिको गैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गरे ।

उनले भने –“अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि केही भुतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्ने सम्म उहाँहरु पुग्नुभयो ।”