विप्लवको दाैडधुप केका लागि ?

काठमाडौं । मूलधारको राजनीतिमा सहभागी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव केन्द्रीय राजनीतिक नेतृत्वसँग भेटघाटमा सक्रिय छन् ।  केही दिन यता विप्लवले राजनीतिक दौडधुपलाई तिब्रता दिएका छन्।यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि नेकपा महासचिव विप्लव मंगलबार बिहान बालकोट पुगेका थिए। 

विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पनि ओलीसँगको भेटमा सहभागी भएका थिए। उनले यसबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन्। 

आफ्ना नेताहरुको रिहाइ र सरकारसँगको सहमति कार्यान्वयनका लागि विप्लवले भेटघाटलाई तिव्रता दिएको जनाइएको छ।