मेयर शाक्यले गरे पचली भैरव परिसरमा दुई वटा फल्चा निर्माणको शिलान्यास

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास गरेका छन् । बुधबार महानगरका प्रमुख शाक्यले २ वटा फल्चा शिलान्यास गरेका हुन् ।

सो फाल्चा ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र पुननिर्माण सम्पन्न हुनेछ । शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले आफू निर्वाचित भइसकेपछि सम्पदाको मर्मत, सम्भार र पुननिर्माण, संरक्षण, प्रवर्धन र पर्यटनसँग जोड्ने नीतिलाई प्राथमिकतामा राखेर काम थालनी गरेको बताए ।

हामीले पुननिर्माण गरेका सम्पदा जुन समुदायको हो, त्यही समुदायलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मा लगाउँछौँ । अहिले पनि त्यही नीतिअनुरुप काम भइरहेको हो । यो हाम्रो अभियान हो । प्रमुख शाक्यको भनाइ थियो ।