बिहे गरेको तीन महिनामै ग्यास्ट्रिके भुँडीबाट बच्चा निस्किएपछि हंगामा

एजेन्सी । भारत एक ठूलो देश भएकाले यस देशमा हरेक दिन नयाँ नयाँ घटनाहरू घटिरहेका हुन्छन् । विवाह अघि नै अर्कैको भुँडी बोकेको शंका लाग्दा पनि श्रीमतीको परिवारले ग्यास्ट्रिक हो भन्दै झुक्याए । होला त नि भन्दै बेहुलाले विश्वास गरे । तर विहेको तीन महिना बितेपछि ग्यास्ट्रिके भुँडीबाट बच्चा झर्यो ।

बेहुलाको त्यसबेला होश उड्यो तीन महिनामा बच्चा जन्मेपछि प्रहरीमा नगएर भयो त ? विहे गरेकै दिनदेखि पतिले पत्नीको पेट ठूलो देखेपछि बिहेअघि नै गर्भवती भइसकेको शंका त गरेकै थिए । तर पत्नीले ‘ग्यास्ट्रिक’बाट पेट बढेर भन्दै झुक्याएकी थिइन् ।

जति झुक्याए पनि भित्र भएको बच्चा भने लुकाउन सकिने कुरा भएन । एक न एक दिन त बच्चा बाहिर निस्कनु नै थियो । निस्कि पनि हाल्यो अनि भएन त जात्रा ? बिहे भएको ३ महिनामै बच्चा जन्मियो । घटनाको भारतको उत्तर प्रदेशस्थित गाजियाबादको भएको बताइएको छ । 

पत्नीको पेट देखिनुका साथै शारीरिक परिवर्तन भएपछि पतिले शंका गरिसकेका थिए । तर अनेक बहानामा पत्नीले वास्तविकता लुकाउन खोजिन् । पत्नीको पेटमा अरु कसैको बच्चा भएको निश्चित भएपछि पतिले प्रहरीमा उजुरी दिएका छन् । त्यसपछि मुद्दा अदालतसम्म पुगेको छ ।