गुरू, पुजारी र पण्डितहरूबाट महाधिवेशनको उपचार गराउँदै निधि

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले गुरू, पुजारी र पण्डितहरूबाट महाधिवेशनको उपचार गराउन थालेका छन् । उनको कामले यस्तै देखाएको छ ।

यसै सन्दर्भमा उनले धार्मिक गुरुहरुबाट आशिर्वादसमेत लिएका छन् । उनी हाल कांग्रेस सभापतिका दावेदारका रूपमासमेत छन् ।

सभापतिमा विजयी हुन निधिले मतदाताको मतभन्दा गुरू, पुजारी र पण्डितहरूको उपचार एकदमै महत्वपूर्ण सम्झेका छन् ।

आज बिहान निधिले थापागाउँस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय स्थापनाअघि धार्मिक गुरुहरुबाट आशिर्वाद लिए । महाधिवेशनमा जित पाउने उनको यो अन्तिम विकल्प भएको हुनसक्छ ।

निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार, निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट आशिर्वाद लिएका हुन् ।

उनले आजदेखि औपचारिक रुपमा बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको स्थापना गर्दैछन् । सो कार्यालयको उद्घाटन हुँदैछ ।