बुटवल-पाल्पा सडकखण्ड पनि ठप्प

पाल्पा । तीन दिन अघिदेखिको झरी र त्यसपछिको पहिरोले  बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत ​तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्द्दधवावा, तिनाउ ३ सिसुवा, तिनाउ ५ हिँउदेखोला, तिनाउ ५ केराबारी र तिनाउ ५ जरेपिपलमा पहिरो खसेको छ।

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यस्तै रम्भा ३ सितापहाडमा पनि पहिरो खसेको छ। तानसेन नगरपालिका ११ सम्मोबारी, वडा नम्बर ७ बर्तुङ नजिकै खसेको पहिरो हटाइएको प्रहरीले जनाएको छ।