व्यवसायी संघद्वारा रात्रिकालीन व्यवसाय संचालन गर्न दिन दवाव

काठमाडौं । नेपाल व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा रात्रिकालीन व्यवसाय संचालन गर्न दिन दवाव दिएको छ ।

‘कोभिडका कारण हरेक क्षेत्रमा नकारात्मक असर परेको कुरा यथावत नै छ । घाटा बेहोरिरहेको याो समयमा सामान्य जनजीवन सहज बनाउन सरकारले विभिन्न क्षेत्र सञ्चालन गर्न अनुमति दिएता पनि शिक्षा तथा विभिन्न व्यवसाय संचालन गर्ने अनुमति भने दिएको छैन।

२०७८/५/१३ गतेको दिन दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले रात्रिकालिन व्यवसाय संचालनको निम्ति दबाब स्वरूप जिल्ला प्रशासन कार्यालयका समक्ष व्यवसायी संघले ज्ञापन पत्र सहित चाबी बुझाएको छ।

लोकदोहोरी, गजल, डान्स्, लन्जबार, क्लब दिस्को जस्ता रात्रिकालिन व्यवसायमा आबद्ध कर्मचारी, कलाकार तथा श्रमजीवि मजदुरकाो दैनिकी जीवन चलाउन कठिन भएको र उनीहरूको रोजगारी सुनिश्चितताको लागि विभिन्न चरणमा नेपाल सरकार, गृहमन्त्रालय, पर्यटन बोर्ड, सि.सि.एम.सि लगाएत जिल्ला प्रशासनमा पटक पटक ध्यानाकर्षण गराएता पनि सरकारले आज सम्म पनि कुनै चासो दिएको छैन।

दुई वर्ष सम्म पनि रात्रिकालिन व्यवसाय संचालन गर्न नपाउँदा घरभाडा, व्यवसाय कर, बैँकको ऋण, तथा व्यवसायिक घाटाले कठिनाई भोग्नु परेको र आगामी दिनहरूमा पनि यो समस्या भोग्नु परे जुनसुकै कदम चाल्न बाध्य हुन सक्ने बताउँछन् दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन समितिका संयोजक विनोद श्रेष्ठ।

अघिल्ला दिनहरूमा कर्मचारीहरूको लागि नुन तेल जोहो गरे तापनि अहिले भने आफ्नो सम्पत्ति समेत धरापमा परेको बताउँछन् उनी।

व्यवसायको घरभाँडा, ऋण र व्यवसायीक घाटा र कलाकार तथा कर्मचारीहरूको व्यवस्थापनको निम्ति सम्बन्धित निकायले उचित निर्णय लिने कुरामा विश्वस्त छन् संयोजक विनोद श्रेष्ठ।