एमालेमा आगो लगाएका प्रचण्डले भेटे झलनाथलाई यस्तो भयो कुराकानी

काठमाडौं । नेकपा माओवादी केन्द्र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

खनाललाई भेट्न डल्लु पुगेका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेको खनालको सचिवालयले जनाएको छ ।

आजको भेटमा स्वास्थ्यकै विषयमा कुराकानी भएपनि राजनीतिक विषयमा छलफल नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए ।