एश्ली बार्टी प्रवेश गरिन् युएस ओपनको तेस्रो चरणमा

काठमाडाैं । विश्व नम्बर एक एश्ली बार्टी युएस ओपन टेनिसमा महिला एकल तर्फको तेस्रो चरणमा प्रवेश गरेकी छन्।

डेनिस किशोरी क्लारा ताउसनलाई पराजित गरेर बार्टीले तेस्रो चरणमा स्थान पक्का गरेकी हुन् । अस्ट्रेलियन बार्टीले क्लारालाई ६–१ र ७–५ को सेटमा पराजित गरेकी हुन् ।

बार्टीले तेस्रो चरणमा अमेरिकी खेलाडी शेल्बी रोजर्स वा रोमानियाकी सोराना सिर्स्टीसँग प्रतिस्पर्धा गर्ने छिन् ।

यसैबिच तीनपटककी ग्राण्डसलाम च्याम्पियन जर्मन खेलाडी एन्जेलिक केरबर युक्रेनकी एनहेलिना कालिनिनालाई ६–३ र ६–२ को सेटमा पराजित गर्दै तेस्रो चरणमा पुगेकी छन् । उनले सन् २०१७ की अमेरिकी च्याम्पियन स्लोएन स्टेफेन्ससँग प्रतिस्पर्धा गर्ने छिन् ।