मालपोत कार्यालय, चनौलीका मालपोत अधिकृत र अमिन विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल र अमिन विरेन्द्र बहादुर कठायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग ५० हजार घुस सहित मालपोत अधिकृत मुकुन्द पौडेल र कित्ताकाट लगायतका काममा सहजीकरण गर्न १ लाख ५० हजार नगर र ३ लाख ५० हजारको चेक सहित अमिन बिरेन्द्र बहादुर कठायतलाई अख्तियारले नियन्त्रणमा लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं २० स्थित अमिन पदमा कार्यरत बिरेन्द्र बहादुर कठायतले नामसारी एवं अंशबण्डा गर्दा राख्नु पर्ने बाटोको लगत कट्टा गर्नको लागि सहजिकरण गरे वापत सेवाग्राहीसँग घुस लिएका थिए ।