सम्पदा संरक्षणमा कुनै आर्थिक अभाव हुन नदिने महागनर प्रमुखको भनाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रभित्रका कुनै पनि सम्पदा आर्थिक अभावका कारण संरक्षणको अभावमा नहुने बताएका छन् । काठमाडौं महानगरपालिका वडा न. १८ किलागल विज्यापुननी स्थित निर्माणाधिन दि प्याखं द्य ः छे अर्थात देवी नाच देवघरको मूल ढोकाको पूजा गर्दै शाक्यले सो कुरा बताएका हुने । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देवघरको मूलढोका शुभसाईत पारेर पूजा गरेका थिए ।

पूजा कार्यक्रम पश्चात काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगर सम्पदा संरक्षणमा निरन्तर लागिरहेको बताए । प्रमुख शाक्यले सम्पदा पुर्ननिर्माण एवं संरक्षणका लागि कुनै आर्थिक अभाव नभएको बताउँदै विधि र प्रक्रिया अनुरुप नै निर्माण कार्य गर्नका लागि आग्रह समेत गरे । महानगर प्रमुख शाक्यले सम्पदा संरक्षणका क्षेत्रमा महानगरपालिकासँग भएको सिमित श्रोतसाधन र अधिकारलाई प्रयोग गर्दै अगाडि बढिरहेको बताउँदै जात्रा, पर्व संरक्षका लागि अनुदान नै सहयोग गरेर नियमित सञ्चालनका लागि मद्दत गरिरहेको बताए ।

देवघरको मूल ढोका पूजा कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सम्पदा संरक्षण निरन्तरता हुने बताउनु हुँदै भएको श्रोतलाई सहि सदुपयोग गर्नु पर्ने धारणा राखेका थिए ।
दि प्याखं का कजी नातीकाजी महर्जनले सार्वजनिक महत्व रहेको सो भवन सरोकारवालाहरुसँगको छलफल अनुसार नै नेपाल सरकारले तोकेको भवन आचार संहिता अनुरुप निर्माण गरिएको बताए ।

देवि नाचमा ७ जना देवगण हुने भएकोले सो भवन पनि ७ तले बनाइएको बताइएको छ । भवन निर्माणका लागि ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने महानगरपालिकाले दुई करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ करोड २८ लाख भुक्तानी भईसकेको छ । दवेघरको मूल ढोका पूजामा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा नम्वर १८ का निर्वाचित जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।